नेपाल टेलिकमको ‘नमस्ते पे’ आजबाट सञ्चालनमा आउने, यस्ता छन् सुविधाहरु

लोकखबर
२९ भाद्र २०७८, मंगलवार १२:०८

मकवानपुर । नेपाल टेलिकमको आजबाट ‘नमस्ते पे’ सञ्चालनमा आउने भएको छ। योसँगै नमस्ते पे सरकारीस्तरबाट सञ्चालन हुने पहिलो भुक्तानी सेवा प्रदायक बन्ने छ।
नेपाल र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी स्थापित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको हो। नमस्ते पे नयाँ विशेषताहरुका साथ सुरुआत गर्न लागिएको कम्पनीले जनाएको छ।
नमस्ते पे सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले गत चैत ३ गते अनुमति दिएको थियो। गत साउनबाटै नमस्ते पे सञ्चालनमा ल्याउने तयारी गरिएको थियो। तर कोभिडको दोस्रो लहरका कारण नमस्ते पे लक्षित समयमा सञ्चालनमा आए।
मोबाइल मनी सञ्चालनका लागि नेपाल टेलिकमले विगत २ वर्ष थालेको कामले आज पूर्णता पाउँछ। नमस्ते पेको मुख्य विशेषता भनेको यसबाट अनलाइन र अफलाइन कारोबार गर्न सकिन्छ।
यो सेवाअन्तर्गत मोबाइल ब्यालेन्सबाटै सामान किन्न सक्ने व्यवस्थासमेत गरिएको नेपाल टेलिकमले जनाएको छ।
यसैगरी नमस्ते पे बैंकिङ वालेट सेवा, क्यूआर तथा सरकारी राजस्व तिर्न बढी केन्द्रित रहेको छ। यसबाट पानी, बिजुली र टेलिफोनको बिल तिर्ने पनि सकिन्छ। विभिन्न सेवाका टिकट काट्न र रकम ट्रान्सफर गर्न पनि सकिने टेलिकमले जनाएको छ।
२०७६ वैशाखमा टेलिकम र वाणिज्य बैंकले संयुक्त रुपमा भुक्तानी सेवा प्रदायक कम्पनी सञ्चालन गर्ने सम्झौता गरेका थिए। डिजिटल पेमेन्ट कम्पनीमा नेपाल टेलिकमको ६२ प्रतिशत अर्थात २५ करोड ८८ लाख रुपैयाँ र वाणिज्य बैंकको ३८ प्रतिशत अर्थात १५ करोड ११ लाख रुपैयाँ लगानी रहेको छ।नमस्ते पेको सबै सेटलमेन्ट वाणिज्य बैंकले गर्नेछ।खबरब्रेक डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *