प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसुची

लोकखबर
२९ भाद्र २०७८, मंगलवार १२:२९

मकवानपुर । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । तर आफ्नो माग पूरा नभएसम्म बैठक चल्न नदिने एमालेले अडान लिएको छ ।
आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरिएको सूचना सुनाउनुपर्ने माग गर्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
प्रतिपक्षी दलको अवरोधका कारण संसदको काम नै प्रभावित भएपछि गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आह्वान गरेका थिए । तर बैठकमा एमाले सहभागी नभएपछि आजका लागि बोलाइएको संसद बैठक पनि प्रभावित हुने देखिएको छ ।खबरब्रेक डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*