विकास बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि

लोकखबर
२९ भाद्र २०७८, मंगलवार १३:२९

मकवानपुर । विकास बैंकहरुले गएको एक सातामा निक्षेप संकलन र कर्जा लगानी दुबैको दायरा थप विस्तार गरेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार एक साता ९भदौ १९ देखि २५ गते० सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०।२४५ प्रतिशतले र कर्जा लगानी ०।७९५ ले विस्तार भएको हो । गत हप्ता ४ अर्ब १६ करोड ३७ लाख निक्षेप संकलन गर्न सफल राष्ट्रिय स्तरका विकास बैंकहरुले यो साता ९८ लाखले निक्षेप वृद्धि गर्दै ४ अर्ब १७ करोड ३६ लाख संकलन गरेका छन् ।
यता कर्जा लगानी तर्फ ०।७९ प्रतिशतले वृद्धि गरेका बैंकहरुले समिक्षा अवधिमा कुल ३ अर्ब ६८ करोड ८० लाख लगानी गरेका छन् । गत हप्ता बैंकहरुले ३ अर्ब ६५ करोड ९१ लाख लगानी गरेका थिए । रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *