हीन भावना र कुण्ठाले भरिँदा चिकित्सकलाई समावेश गरिएन : सरकारी चिकित्सक संघ

लोकखबर
२९ भाद्र २०७८, मंगलवार १४:५९

मकवानपुर । सरकारी चिकित्सक संघ गोदानले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको दरबन्दी तेरिज प्रस्ताव हेरफेर प्रति पुनः आपत्ति जनाएको छ । नयाँ दरबन्दी निर्माण गर्दा समेत चिकित्सकलाई समावेश नगरेको भन्दै गोदानले आपत्ति जनाएको हो ।संघ​द्वारा जारी विज्ञप्ति भनिएको छ । ‘स्वास्थ्य जस्तो निकै प्राविधिक तथा मानव जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालयमा नर्सिङ अधिकृत, जनस्वास्थ्य अधिकृत आदि समावेश गरिनु तर, चिकित्सक समूह मेडिकल अधिकृत जानाजान नराखिनु हास्यास्पद खेद पूर्ण छ ।’चिकित्सकलाई नजरअन्दाज गरिएको भन्दै गोदानका अध्यक्ष डा। रविन खड्का र महासचिव डा। कीर्तिपाल सुबेदीद्वारा जारी विज्ञप्तिमा विरोध जनाइएको हो ।नर्सिङ अधिकृत, जनस्वास्थ्य स्वास्थ्य अधिकृत जस्ता अरू विधाका स्वास्थ्यकर्मीहरू समावेश गरिनु तर चिकित्सक समूहको मेडिकल अधिकृत र विशेषज्ञ जानाजान नराखिनु हास्यास्पद एवं खेदपूर्ण छ’ भनिएको छ ।
गोदानले मेडिकल अधिकृत देखि विशेषज्ञ चिकित्सक सम्मलाई मन्त्रालय विभाग, महाशाखा शाखा आदिमा अनिवार्य दरबन्दी राखी नीति निर्माणको तहलाई थप बौद्धिक सबल दूरदर्शी होस भन्ने तर्फ तत्काल तेरिजमा पुनः सिधार गर्न गोदानले माग गरेको छ ।
‘अनुसन्धान गर्ने चिकित्सक वर्गलाई नीति निर्माणको तहका लागि नियोजित रूपमै अयोग्य देखाउन खोजिनु निकै खेदपूर्ण हीन भावना र कुण्ठाले भरिएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *