अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन
मकवानपुर । पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ ।
गए राति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।खबरब्रेक डटकमबाट












































