एप्पल आइफोन १३ सार्वजनिक, यस्तो छ विशेषता

लोकखबर
३० भाद्र २०७८, बुधबार १२:२५

मकवानपुर । एप्पल आइफोन १३ सार्वजनिक भएको छ । हिजो मंगलबार एक कार्यक्रमबिच आइफोन १३ र आइफोन मिनी सार्वजनिक भएको हो ।
आइफोन १३ को डिस्प्ले ६।१ इन्चको रहेको छ भने मिनी आइफोनको ५।४ इन्चको रहेको छ । आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन। फोनमा १२ मेगापिक्सेलको क्यामरा रहेको छ।
आइफोन १२ को तुलनामा आइफोन १३ मा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप रहेको कम्पन्नीले दाबी गरेको छ । यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन् भने दुवैमा ए १५ बायोनिक चिप रहेको छ ।
त्यस्तै, आइफोन १३ सिरिज ६४ जिबी स्टोरेजमा उपलब्ध नहुने भएको छ । कम्पन्नीकाअनुसार न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ। आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन्। क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर उपलब्ध छ।
आइफोन १३ प्रोको डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६।१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रोको सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ ।
आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ भने आइफोन १३ मिनीको मूल्य ६९९ डलर तोकिएको छ । खबरब्रेक डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*