संविधान दिवस : हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा

लोकखबर
२०७८ आश्विन ३, आईतवार १०:२२

मकवानपुर। संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ ।
पाथीभरा याङवरक गाउँपालिकाका(१ हर्कबहादुर राई फुङलिङ नगरपालिका(३ का प्रेम लिम्बु र कुमार शेर्पाको बाँकी कैद मिनाहा गरिएको हो । तीनै जना कर्तब्य ज्यान मुद्दा ९हत्या०मा कैद सजाय काटिरहेका थिए । ५० प्रतिशत कैद भुक्तान गरेका तीनै जनाको बाँकी कैद मिनाहा गरिएको ताप्लेजुङ कारागार प्रमुख कुलेन्द्र खवासले बताए ।१० वर्ष कैद सजाय तोकिएका राईले पाँच वर्ष एक महिना, दुई वर्ष तोकिएका लिम्बु एक वर्ष आठ दिन र १० वर्ष तोकिएका शेर्पाले ६ वर्ष नौमहिना कैद भुक्तान गरेको खवासले बताए ।खबरब्रेक डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको