पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था सच्याउन थापाको माग

लोकखबर
२०७८ आश्विन ५, मंगलवार १०:२०

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार र ब्रह्मलुटलाई सरकारले वैधानिकता प्रदान गरेको आरोप लगाएका छन्। उनले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रह्मलुटलाई वैधानिकता प्रदान गरेको भन्दै अकुत कालो धनलाई चोख्याउने सरकारको निर्णयको विरोध गरेका छन्।पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रह्मलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको विरोध र भर्त्सना गर्दछु। यो निर्णय तत्काल फिर्ता गरियोस्।’
यता, अर्थ मन्त्रालयले पूर्वाधार विकास परियोजनामा कालो धन लगानी गर्न नदिने प्रस्ट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते आर्थिक विधेयक, २०७८ पेस गर्दै २०८० चैत्रसम्म पूर्वाधार क्षेत्रमा गरेको लगानीको आयस्रोत नखोज्ने व्यवस्था गरेका थिए ।
उक्त व्यवस्थालाई सरकारले कालोधन लगानी गर्न बाटो खुलाएको भन्दै विरोध भएपछि अर्थ मन्त्रालयले त्यस्तो गर्न नदिने बताएको हो । मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाधार आयोजनामा सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य क्षेत्रको लगानी गर्न छुट हुने छैन ।’रातोपाटी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको