ठमेलमा मृत भेटिए जर्मन नागरिक

लोकखबर
८ आश्विन २०७८, शुक्रबार १२:३४

मकवानपुर । ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् ।
विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए ।उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
उनको नेपाली केटी साथी भएको र पर्यटकीय भिषामा नेपाल आएको प्रहरीको भनाइ छ । केटी साथीले फोन गर्दा उनको फोन नउठेपछि प्रहरीमा खबर गरेकी थिइन् । त्यसपछि खोजी गर्ने क्रममा उनी बसेको होटलको बन्द कोठाभित्र ओछ्यानमा मृत फेला परेका थिए ।
सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अनलाइनखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*