गैंडाको खागसहित गौशालाबाट एक जना पक्राउ

लोकखबर
२०७८ आश्विन ८, शुक्रबार १३:५०

मकवानपुर । गैंडाको खागसहित प्रहरीले काठमाडौंको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार पक्राउ गरेको हो ।
गौशालाको तिलगंगा क्षेत्रमा गैंडाको खाग तथा आखेटोपहारको अवैध ओसारपसार र बेचबिखन गर्न लागेको सूचनाको आधारमा उनलाई ४५ ग्रामको खागसहित नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसारमा बुझाइएको ब्युरोले जनाएको छ । अनलाइनखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको