ओलीद्वारा गोदावरी पुगेर महाधिवेशनस्थलको अवलोकन

लोकखबर
२०७८ आश्विन १३, बुधबार १५:४२

मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान महाधिवेशनस्थलको अवलोकन गरेका छन्। ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज अन्तर्राष्ट्रिय सम्मेलनमा पुगेर ओलीले अवलोकन गरेका हुन्।
ओलीसँग महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य खिमलाल देवकोटालगायतका नेताहरू पनि थिए। एमालेको पहिलो विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म हुँदैछ।
महाधिवेशनमा पाँच हजारभन्दा धेरै संख्यामा प्रतिनिधि उपस्थित हुनेछन्। हलभित्र तीन हजार जना हट्ने कुर्सी राखिनुका साथै बाहिर दायाँबायाँ थप दुई हजार राख्‍ने कुर्सी राखेर व्यवस्थापन गरेको छ। महाधिवेशनमा उपस्थित हुने प्रतिनिधिहरूलाई आवासको व्यवस्थापन प्रदेश कमिटीलाई दिएको छ। थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको