भिमफेदीमा एमालेको लहर सिङ्गो गाउँको १ सय ७६ जना एमालेमा प्रवेश

लोकखबर
२०७८ आश्विन २२, शुक्रबार ०६:२१

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा नेपाली कांग्रेस तथा माओवादी केन्द्रका दिग्गज स्थानीय नेता सहित १ सय ७६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । भीमफेदी गाउँपालिका वडा नम्बर ९ मा भएको कार्यक्रममा कांग्रेसका गाउँपालिका सदस्य, क्रियाशिल सदस्य तथा माओवादी केन्द्रका वडा अध्यक्ष सहित १ सय ७६ जना एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई आज एमाले बागमती प्रदेश कमिटिका सल्लाहाकार ठाकुराम खड्का, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना सहितको टोलीले एमालेमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेसकी गाउँपालिका सदस्य शान्ति रुम्बा सहित क्रियाशिल सदस्यहरु कृष्ण मोक्तान, मानबहादुर मोक्तान, श्यामबहादुर मोक्तान सहितको टोली र माओवादी केन्द्रका वाईसियल वडा अध्यक्ष दिनेश मोक्तान सहितको टोली एमालेमा प्रवेश गरेको एमाले मकवानपुरका सचिवालय सदस्य समेत रहेका गाउँपालिका अध्यक्ष लामाले बताए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका खड्काले एमाले बाहेक अन्य पार्टीले मुलुकको विकास नगर्ने भन्दै आगामी निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरे । विकासको लहर सृजना गरिरहेको एमाले सरकारलाई षड्यन्त्रमूलक हटाईएको भन्दै उनले परमाधेशबाट बनेको सरकारलाई पराजित गर्दै एमाले फेरिपनि जनादेश सहित नेपालको नेतृथ्व गर्न सक्षम रहेको बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लामाले परमाधेशबाट बनेको सरकार सुरुको ३ महिनानै असफल भैसकेको भन्दै विकासको लागि एमालेको कुनैपनि विकल्प नरहेको स्पष्ठ पारे ।

कार्यक्रममा एमाले नेता पार्वती राना, अनेरास्ववियुका केन्द्रीय सदस्य आशिष अस्लामी मगर एमाले वडा नम्बरका अध्यक्ष प्रकाश पुडासैनी , मकवानपुर क्याम्पसका स्ववियु सदस्य सुदन विश्वकर्मा , अनेरास्ववियु भिमफेदी गाउँपालिकाको  संयोजक राजिव परियार लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको