खतिवडाले स्वास्थ्य मन्त्री पदको सपथ लिने
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद विरोध खतिवडा स्वास्थ्य मन्त्री बनेका छन् ।
प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिए संगै खतिवडा स्वास्थ्य मन्त्री बनेका छन् ।
देउवाले आज शुक्रबार सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।











































