युवा रेड्क्रस सर्कल हेटौंडा -४ को अध्यक्षमा खतिवडा 

लोकखबर
२२ आश्विन २०७८, शुक्रबार २०:१५

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा अन्तर्गत युवा रेड्क्रस सर्कल हेटौंडा ४ को तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज भएको साधारणसभा सुजन खतिवडाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको थि, ।

सर्कलको उपाध्यक्षमा प्रतीक कोइराला, सचिब अभि मैनाली, सहसचिब शुबोध पौडेल र कोषाध्यक्षमा मनिता जमरकटेल निर्वाचितभएकी छन ।

जिल्लाबाट लगातार ३ पटक जिल्ला प्रथम हुन सफल युवा सर्कल मकवानपुरबाट पहिलो पटक देशमै उत्कृष्ट रेडक्रस सर्कलको रुपमा पुरस्कृत भएको थियो ।

हेटौंडा ४ पशुपति मन्दिरको सभाहलमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला सभापति सुर्यचन्द्र न्यौपाने, हेटौंडा उपशाखा सभापति शिबहरि दाहाल, उपशाखाका सल्लाहकार हरिप्रसाद पौडेल, तेजप्रसाद रुपाखेती, जिल्ला जुनियर युवा समितिका सदस्य सागर लम्साल, उपशाखाका उपसभापति प्रतिमा गौतम, सचिब किशन घिसिङ्ग, उपसचिव प्रकाश सुबेदी, उपकोषाध्यक्ष कृष्ण दाहाल, सदस्य सबिता लामिछाने लगायतले मन्तब्य वक्त गर्नुभएको थियो ।

कार्यक्रम युवा रेडक्रस सर्कलका अध्यक्ष हिक्मत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*