रोशनी पुस्तकालयद्वारा दशैं–तिहारको शुभकामना आदान प्रदान

लोकखबर
२०७८ आश्विन २३, शनिबार १४:३०

मकवानपुर । मकवानपुरको हेटौंडा ४, कमलडाँडास्थित रोशनी पुस्तकालयले नेपालीहरुको महान चाड दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा पुस्तकालयका निर्वतमान अध्यक्ष सुरेश श्रेष्ठले दसैँको शुभकामना व्यक्त गर्दैै पछिल्लो समय युवाहरुले अधिकांश समय मोबाईल तथा कम्प्युटरलाई मात्र दिने गरेकोे बताए । उनले युवाहरुले मोबाइल तथा कम्प्युटरमा दिने समय पुस्तक पढ्नुपर्नेमा जोड दिए ।श्रेष्ठका अनुसार रोशनी पुस्तकालय करिब २० वर्ष भन्दा लामो समयदेखि हेटौंडामा संचालन भइरहेको छ ।  नगरमा पठन संस्कृतिको विकासका लागि यो पुस्तकालय स्थापना भएको बताइएको छ ।

कार्यक्रममा पुस्तकालयको विकासका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा सहभागीहरुले जोड दिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले अहिले मानिसहरुको ध्यान पुस्तकालयमा त्यति नपुगेको बताए । उनले भने, ‘पुस्तकालयमा नागरिकको त्यति ध्यान नगएकाले अब पुस्तकालयलाई अभियानको रुपमा नै संचालनमा ल्याउनेछौं ।’साथै पुस्तकालयमा थप विकासका लागि आवश्यक संरचना निर्माणको काम पनि समयमै हुने उनले बताए । कार्यक्रममा पुस्तकालयका अध्यक्ष संगीत श्रेष्ठ लगायतकाको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको