नेकपा एमाले हेटौंडा वडा नम्बर ७ कमिटीको पार्टी कार्यालय स्थापना

लोकखबर
२३ आश्विन २०७८, शनिबार १५:२९

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ कमिटीले पार्टी कार्यालय स्थापना तथा दशै, शुभदिपावली, नेपाल सम्बत तथा छठको अवसरमा आज शुभकामना आदानप्रदान एव चियापानको आयोजना गरेको छ ।

वडा कमिटी अध्यक्ष सोमलाल योन्जनको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्री देबराज रिमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथी प्रदेश कमिटी सदस्य रिमालले मकवानपुरे राजनीतिक क्षेत्रमा एमालेको बिरासतमा कुनै कमि नआउने बताए । एमालेको चुनावचिन्हबाट जितेर गएकाहरु अहिले एमालेलाई सिध्याउछु भन्दै हिडिरहेका बताएका छन । उनले भने ‘एमालेलाई कमजोर पार्छु भन्ने मानसिकता त्यागे हुन्छ । एमाले त्यस्तो आधी हो जसले आफ्नो बाटोमा अवरोध गर्ने जोकोहिलाई पाखा लगाउदै अघि बढ्छ । यस्तै ७ नम्बर वडामा एमालेलाई हराउछौ भन्नेहरु आफैं हराएर जाने बताएका छ्न ।

यस्तै नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष गोपाल श्रेष्ठले स्वार्थका लागि पार्टी फुटाएर जानेहरुलाई माता दुर्गा भवानीले सद्बुद्दी प्रदान गरून् भन्दै शुभकामना आदानप्रदान गरेको हो । उनले अहिले एमालेलाई फुटाएर मन्त्री बन्नेहरु आगामी निर्वाचनमा साम्सद पनि जित्न मुस्किल हुने बताए।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य राजन थापाले जनताको मनमा एमाले सधैं बसिरहने र जनताले सधैं एमालेलाई साथ दिने बिश्वस्त रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्यसहित ११ जना एमाले प्रवेश गरेका छन । उनिहरुलाई प्रदेश कमिटी सदस्य देवराज रिमाल, जिल्ला उपाध्यक्ष गोपाल श्रेष्ठले टीका, खादा र माला लगाएर एमालेमा प्रवेश गरेको छ ।

कार्यक्रमकाबीच नाग्श्वती कम्प्लेक्स अगाडिको भवनमा एमाले ७ नम्बर वडा कमिटी, युवा संघ र अनेम संघको सयुक्त कार्यालय स्थापना पनि गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*