नेपाली भाषा जोगाउन सके मात्रै नेवार भाष जोगिने: मुख्यमन्त्री शाक्य
मकवानपुर । बागमतीका प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालीहरुले आफ्नो वर्षौदेखि मान्दै आएको रितीरिवाज क्रमश विर्सिदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
शनिबार हेटौंडामा नेवा गुठी खलको आयोजनामा भएको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीहरु विश्व समाजमा फरक संस्कृती र पहिचानले परिचित रहेको तर पछिल्लो समय नेपालीहरुले आफ्नो धर्म संस्कृतिलाई भुल्दै गएको बताए। मुख्यमन्त्री शाक्यले सम्पुर्ण नेपालीहरु आफ्नो संस्कृतीको संरक्षणको निम्ती सचेत हुनुपर्नेमा जोड दिएको हो ।
उनले भने नेवार जातीले नेपाली भाषा जोगाउन सके मात्रै नेवार भाष जोगिने भएकोले यसको संरक्षण र प्रवद्धनको निम्ती अभियान चलाउनु पर्ने बताए । कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नेपालको अस्तित्व र पहिचान नेवारहरुले कायम राखेको दावी गरेको उनले नेपाललाई चिनाउनको निम्ती नेवार जातीको अत्यन्त ठुलो भुमिका रहेको भन्दै नेपालको अस्तित्व र पहिचान नेवारहरुले कायम राखेको बताए ।
कार्यक्रममा नेवा गुठीखलले नेवार समुदायबाट प्रतिनिधित्व गर्नुहुने मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रदेश सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्री अजय क्रान्ति शाक्य, सामाजिक विकास राज्यमन्त्री जुनेली माया श्रेष्ठ, उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री माननिय सरस्वति बाटीलाई सम्मान गरेको थियो ।











































