तोकिएको भन्दा बढी भाडा उठाउने सुबेदी र परियार प्रहरीको नियन्त्रणमा
मकवानपुर । प्रहरीले तोकिएको भन्दा बढी भाडा उठाउने दुई जनालाइ नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरीले हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ चल्ने सुमोले यात्रुहरु संग तोकिएको भन्दा बढी रकम लिएको भन्दै हेटौंडाका दुई जनालाई नियन्त्रणमा लिएको हो ।
आज यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना ४ ख ९३११ नम्बरको यात्रुवाहक बसलाई नियन्त्रणमा लिई बढी भाडा फिर्ता गरी उक्त बसलाई गन्तब्य तर्फ छाडिएको र बढी भाडा उठाउने दुई जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
प्रहरीले बढी भाडा उठाउने हेटौंडा उपमहानगरपािलका वडा नम्बर १ निवासी २६ वर्षीय रविन सुबेदी र सोही वडाका ३४ वर्षीय सुधेस परियारलाई नियन्त्रणमा लिएको छ । उनिहरुलाई हेटौंडा २ को संगमचोकबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए । उनिहरुमाथि आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
यसअघि असोज ३१ गते प्रहरीले जिल्लामा बढी भाडा उठाउने ५ वटा सुमोलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।











































