आज मकवानपुरका दश वटै स्थानीय तहमा वडा अधिवेशन हुँदै

लोकखबर
६ कार्तिक २०७८, शनिबार ०९:०६

मकवानपुर । मकवानपुरका दश वटै स्थानीय तहका बिभीन्न वडाहरुमा वडा अधिवेशन हुँदै छ । हिजो हेटौंडाका दुइ वटा वडा र केही गाउँपालिकाका वडाहरुमा पनि वडा अधिवेशन भएपनि आज भने बाँकी सबै वडाका अधिवेशन हुने नेकपा एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले बताए । वडा अधिवेशनको सबै तयारी पुरा भइसकेको उनले बताएका छन्  ।

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न एमाले केन्द्रले सर्कुलर गरेको छ । तर, मकवानपुरका सबैजसो वडामा सर्वसहमतीबाटनै अधिवेशन हुने सचिब श्रेष्ठले बताए ।

यस्तै आउँदो ९ गते सात सबै पालिकामा अधिवेशन भइ नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*