पञ्चशिलले शक्तिस्वरीलाई हरायो
मकवानपुर । मकवानपुरको हेटौँडा १३ वनस्पतिमा जारी प्रथम हिमचुली नकआउट फुटबल प्रतियोगितामा पञ्चशिल युवा क्लब हेटौँडा १२ बेलडाँडाले हेटौँडा १५ को शक्तिस्वरी युवा क्लबलाई पराजित गरेको छ ।
बुधबार भएको खेलमा पञ्चशिलले शक्तिस्वरीलाई ६–२ गोल अन्तरले पराजित गरेको पञ्चशिल युवा क्लबका संयोजक बिरेन कुमार लोप्चनले जानकारी दिए ।
फागुन २६ गतेदेखि जारी प्रतियोगितामा २० वटा क्लबहरुले सहभागिता जनाएका छन् ।











































