मनहरी खोला छेउमा नवजात शिशु मृत फेला

लोकखबर
१३ चैत्र २०८०, मंगलवार १६:१८

मकवानपुर । मकवानपुर मनहरी खोला नजिकै मंगलबार बिहान एक नवाजात शिशु मृत अवस्थामा फेला परेको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली बाङ्गेटोलस्थित मनहरी खोलाको छेउमा मंगलबार बिहान करिब १० बजेको समयमा नवजात शिशु मृत्त अवस्थामा फेला परेको हो ।

खोलाको छेउमा फेला परेको उक्त नवजात शिशु करिब ३ दिनको रहेको र सालनालसहित फेला परेको नवजात बालक शिशु रहेको प्रहरीले जनाएको छ । शिशुको शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*