नेकपा एसको राक्सिराङ ७ मा वडा भेला, दानियल प्रजा छानिए अध्यक्ष
मकवानपुर । मकवानपुरको राक्सिराङ -७, दामराङ चौतारामा आज नेकपा (एकीकृत समाजवादी) को भेला भएको छ । भेलाले पार्टीको राक्सिराङ-७ नम्बर वडा कमिटी गठन गरेको छ । दानियल प्रजाको अध्यक्षतामा पार्टी वठा कमिटी गठन भएको हो ।
उपाध्यक्ष अनिषा प्रजा, सचिव सामुयल प्रजा, सहसचिव कुलबहादुर प्रजा लगायत रहेको पार्टी मकवानपुरका प्रचार विभाग प्रमुख रामकुमार एलनले जानकारी दिए ।
भेलामा पार्टी केन्द्रीय सदस्यहरु राजाराम स्याङ्तान र गोविन्दराम चेपाङ, जिल्ला अध्यक्ष विष्णु दाहाल, सचिवालय सदस्य किशोर बर्तौला, जिल्ला सदस्य कृष्णबहादुर तामाङ, आइतलाल चेपाङ, राक्सिराङ उपाध्यक्ष दावा थिङ, युवा नेता बुद्ध पाख्रीन, स्थानीय नेता जंगमान प्रजा लगायतको आतिथ्यता रहेको थियो ।











































