हाँडीखोलामा आफ्नै दाइमाथि खुकुरी प्रहार,भाइ प्रहरी नियन्त्रणमा

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडीखोलामा एक जना युवकले आफ्नै दाइमाथि खुकुरी प्रहार गरेका छन् । स्थानीय २६ वर्षीय कृष्ण तामाङ बलले आफ्नै दाइ २८ वर्षिय कप्तान तामाङ बललाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।
खुकुरी प्रहारबाट उनको छाती, पेट र कुममा चोट लागेको छ । उनको उपचारका लागि हेटौँडाको चुरेहिल अस्पतालमा लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
खुकुरी प्रहार गरेका भाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुबिच कुन कुरामा विवाद भएको भन्ने विषयमा प्रहरीले केही बताएको छैन ।