हेटौँडा ४ बाट वार्षिक योजनाका लागि सुझाव संकलन
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को वार्षिक योजना निर्माणका लागि ४ नम्बर वडाबाट सुझाव संकलन गरिएको छ । हेटौँडा ४ मा सरोकारवालाहरुसँग छलफल तथा सुझाव संकलन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको हो ।
सरोकारवालाहरुबाट नगर विकासका धारणा सुन्नका लागि नगर प्रमुख मीनाकुमारी लामा वडा नम्बर ४ मा पुगेकी थिईन् । कार्यक्रममा सरोकारवालासँगै वडा नम्बर ४ का वडाअध्यक्ष नविन सिग्देल तथा नगरप्रमुख लामाले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रतिनिधीहरुको धारणा सुनेसँगै नगरप्रमुख लामाले सरोकारवालाहरुको सुझाव अनुसार बजेट निर्माण गर्ने बताएकी थिईन् ।
वार्षिक योजना निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले उपमहानगरभित्रका १९ वटै वडाबाट नगरवासीको धारणा संकलन गर्दै उपमहानगरपालिकाले वार्षिक योजना निर्माणको सुरुवात गरेको हो । नगरवासीको धारणा संकलन गर्ने कार्यक्रम यसअघि नै वडा नम्बर १ र ३ मा सम्पन्न भइसकेको छ ।