नेकपा माओवादी केन्द्र हेटौँडा १ मा रेवती दाहाल

लोकखबर
५ बैशाख २०८१, बुधबार २२:३४

मकवानपुर । नेकपा माओवादी केन्द्रका हेटौँडा १ को अध्यक्षमा रेवती दाहाल चयन भएका छन् । बुधबार हेटौँडामा भएको वडाको दोस्रो अधिवेशनले दाहाललाई अध्यक्ष छनौट गरेको हो । वडा कमिटिको उपाध्क्षमा ऐक्का थिङ, सचविमा गजेन्द्र नारायण यादव, सहसचिवमा रेजिना शिकारी, कोषाध्यक्षमा मनिषा लामा सहित १७ सदस्यहरु चयन भएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला ईन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य विजय गौतमले माओवादी पार्टी पुनरोदयको सन्निकट रहेको दाबी गरेका थिए । त्यस्तै हेटौंडा उपमहानगर ईन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले प्राप्त उपलब्धीप्रति गौरवबोध गराउँदै प्रतिक्रियावादीले गरेका दुष्प्रचार खारेज गर्न नसक्दा माओवादी रक्षात्मक बनेको जिकिर गरेका थिए ।

वडा पार्टी अध्यक्ष स्वस्थि राजथलाको अध्यक्षतामा भएको अधिवेशनमा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य शुभरत्न गोले, प्रदेश सदस्य विवेक राई, जिल्ला सदस्य मानबहादुर लामा, उपमहानगर अध्यक्ष तिर्थबहादुर थापा मगर, उपाध्यक्ष गुणराज घिमिरे, अधिवक्ता केशव गौतम, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सदस्य गौतम केसी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*