एकिकृत समाजवादीको जिल्ला अधिवेशन हेटौंडामा हुने
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको नवौं जिल्ला अधिवेशन हेटौंडामा हुने भएको छ । नेकपा एसका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा बैशाख १५ र १६ गते हुने अधिवेशन सम्पन्न गर्नकोलागी पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालको सयोजकत्वमा १७५ मुल कमिटी गठन गरिएको छ ।
अधिवेशनका लागि विभिन्न उपसमिति समेत निर्माण गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । उपसमितिहरुमा बिष्णु प्रसाद दहालको सम्योजकत्वमा १३ सदस्यीय प्रतिवेदन तयारी , धुर्बबहादुर भुजेलको संयोजकत्वमा २४ सदस्यीय प्रतिनिधि ब्यवस्थापन तथा आर्थिक ब्यवस्थापन, कबिन पन्तको संयोजकत्वमा ११ सदस्यीय हल तथा मन्च ब्यवस्थापन, स्वयं सेवक ब्यवस्थापन मा किरनमान बल, प्रचारप्रसार उपसमितिमा रामकुमार एलन, आवास तथा भोजन ब्यवस्थापन मा किशोर टन्डनको सम्योजकत्व रहने छ ।
यस्तै स्वस्थ,अतिथि सत्कार, सास्कृतिक लगायतका उपसमिति समेत गठन गरिएको समाजवदी प्रेस संगठनका केन्द्रिय महासचिव तथा अधिवेशनका प्रचारप्रसार उपसमिति सम्योजक राम कुमार एलनले बताए । अधिवेशन हेटौंडा ४ स्थित रोयल प्यालेशमा हुने जनाइएको छ ।