कुर्लेदमारमा विद्यार्थीद्वारा उत्पादित लौका र बन्दा बिक्री हुँदै

लोकखबर
१२ बैशाख २०८१, बुधबार १२:४६

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमारमा विद्यार्थीहरुले उत्पादन गरेका लौका र बन्दाको बिक्री वितरण सुरु भएको छ ।

कुर्लेदमारस्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा कृषिधार तर्फ अध्ययनरत विद्यार्थीहरुले लौका र बन्दा उत्पादन गरेका हुन् ।

मकवानपुरगढी गाउँपालिकाका कृषि विकास प्रमुख चन्द्रकान्त चौधरीका अनुसार विद्यार्थीहरुद्वारा उत्पादित लौका प्रति केजी ५० रुपैयाँ र बन्दा प्रतिकेजी २५ रुपैयाँको दरमा बिक्री भइरहेको छ ।

पछिल्लो पटक प्राविधिक शिक्षालयमा कृषितर्फ पनि विद्यार्थीहरुको आकर्षण बढ्दो देखिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*