प्रधानाध्यापकलाई क्षमता विकास कार्यक्रम

सामुदायिक विद्यालयमा शिक्षा सुधारमा जोड
लोकखबर
२०८१ चैत्र १३, बुधबार १६:५३

विदुर–शिक्षा सुधारमा जोड दिदै नुवाकोटकको तादी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई क्षमता विकास कार्यक्रम सन्चालन गरेको छ । यसवाट शिक्षास्तरमा सुधार हुने तादी गापाले अपेक्षा गरेको छ ।
तादी गापाले खरानीटारमा मंगलवारदेखि सन्चालन गरेको सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको लागि ब्यवस्थापन कार्यक्रमको उद्घाटनका क्रममा गापा अध्यक्ष सन्तमान तामाङले सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्नुपर्ने, विद्यार्थीहरुलाई आधुनिक र व्यवहारिक शिक्षा दिनु पर्ने, स्वरोजगारमुलक शिक्षा सुधारमा अगाडि वढ्नुपर्नेे वताए । कार्यक्रममा तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत ध्रुब खनाल, शिक्षा अधिकृत सन्तोष खनाल, शिक्षा शाखाका प्राविधिक सहायक टिका खरेल, शिक्षा संयोजक दीपकप्रसाद सिटौलालगायतले शिक्षा सुधार र विद्यार्थी आकर्षणको विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा तादी गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको छ । दुई दिनसम्म सन्चालन हुने कार्यक्रममा प्रधानाध्यापकहरुमा शैक्षिक सुधारको अभियान विकसित हुने गापाले अपेक्षा गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको