अस्पतालका उत्कृष्ट कर्मचारी तथा शाखा पुरस्कृत

नगद पुरस्कार प्रदान
लोकखबर
२०८१ चैत्र १९, मंगलवार २१:५१

विदुर–नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले कर्मचारी तथा शाखा प्रोत्साहन कार्यक्रम सन्चालन गरेको छ । कार्य प्रस्तुतीको मुल्यांकनका आधारमा अस्पतालका कर्मचारी र शाखालाई पुरस्कृत गरिएको छ ।
बिदुर नगरपालिका ९ कोलोनीमा रहेको त्रिशूली अस्पतालले कार्यक्रमका वीच एक चिकित्सकसहित दुई स्वास्थ्यकर्मी र शाखातर्फ जनरल वार्डलाई पुरस्कृत गरेको हो । अस्पतालमा आयोजित कार्यक्रममा प्रमुख अतिथी विदुर नपा ४ का वडाध्यक्ष नीलमवावु ढुंगेलले अस्पतालका डा. मनोज महर्जन र स्टाफ नर्स श्रेया श्रेष्ठलाई नगद जनही पांच÷पांच हजार रुपैया तथा उत्कृष्ट विभागतर्फ छनौट भएको जनरल वार्डलाई नगद दुई हजार रुपैयाका साथ प्रमाण पत्र प्रदान गरेर पुरस्कृत गरे ।
वडाध्यक्ष ढुंगेलले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्यकर्मी तथा अस्पताल क्रियाशील हुनु पर्ने वताए । गर्मीको मौसम सुरु भएकाले वेलैमा सम्भावित उपचार सेवालाई प्रभावकारी वनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकी, सदस्यहरु अरुणकुमार श्रेष्ठ, अनजली पाण्डे, निर्देशक डा. राजेन्द्र लामालगायतले त्रिशूलीस् अस्पतालमा गर्मी मौसम सुरु भएसंगै विरामीको चाप वढिरहेको र उपचार सेवालाई क्रियाशील वनाइएको दावी गरे । कार्यक्रममा अस्पतालका विभिन्न शाखाका प्रमुखहरुले कार्य विवरण सार्वजनिक गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको