मुख्यमन्त्रिले गरे सभाहलको उद्घाटन

योजना वैंकमार्फत विकास, सामाजिक कार्यमा सहज
लोकखबर
२४ चैत्र २०८१, सोमबार १९:५९

विदुर–नुवाकोटको देवीघाटमा सभा हल निर्माण गरिएको छ । विदुर नपा ५ देवीघाटमा निर्मित आधुनिक सभाहलको उद्घाटन गरिएको छ ।
देवीघाट ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा निर्मित आधुनिक सहभाहलको आइतवार वागमति प्रदेशका मुख्यमन्त्रि वहादुरसिंह लामाले उद्घाटन गरे । उनले सामाजिक तथा धार्मिक स्थानमा सभाहल निर्माण गरिएको र यसले सामाजिक गतिविधिमा मद्धत पुगेको वताए ।
उनले वागमति प्रदेश सरकारले सामाजिक तथा आर्थिक विकासलाई प्रमुखता दिइरहेको पनि वताए । माग र आवस्यकताका आधारमा योजना वैंकमार्फत विकासनिर्माण भइरहेकोसमेत मुख्यमन्त्रि लामाले वताए ।
वागमति प्रदेश सरकारको ३५ लाख रुपैयाको लागतमा निर्मित सो सभाहलमा विभिन्न कार्यक्रम तथा सामाजिक अभियान गर्न सुविधा पुगेको देवीघाट ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले वताए । उनका अनुसार यसवाट विभिन्न सामाजिक गतिविधिहरु गर्न सुविधा पुगेको छ ।
कार्यक्रममा वागमति प्रदेश सभा सदस्य रमेशकुमार महतले देवीघाट नुवाकोटको मात्रै नभई देशकै धार्मिक तथा ऐतिहासिक स्थल रहेका कारण यसको विकास र प्रवद्र्धनमा प्रदेश सरकारले विभिन्न कार्यहरु गरिरहेको वताए । उनले अव तीनै तहको सरकारले स्वरोजगार र आधुनिक शिक्षाप्रणाली अवलम्वन गर्नु पर्ने समय आएकोसमेत वताए ।
सभाहल उद्घाटन कार्यक्रममा तादी गापाका अधयक्ष शन्तमान तामाङ, सुर्यगढी गापाका अध्यक्ष शन्तवहादुर घले, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, पुर्व मेयर ठाकुरप्रसाद गजुरेल र शिवप्रसाद गजुरेल, सामाजिक अगुवा ध्रुव अधिकारी, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेलगायतले सामाजिक अभियानवाट मानवको सकारात्मक परिवर्तन हुने वताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*