प्रादेशिक भवनको निर्माण सुरु

धार्मिक पर्यटनमा जोड
लोकखबर
२०८१ चैत्र २६, मंगलवार १९:५६

विदुर–नुवाकोटको कपिलेश्वरमा गुरु पद्म सम्भव भवनको निर्माण सुरु गरिएको छ । पञ्चकन्या गाउँपालिका–२ स्थित कपिलेश्वर परिसरमा गुरु पद्म सम्भव प्रादेशिक भवनको शिलान्यास गरिएसंगै भवनको निर्माण्ढा सुरु भएको हो ।
पुर्व संस्कृति, पर्यटनमन्त्रि तथा प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले भवनको शिलान्यास गरे । उनले नेपाल पर्यटनको मुख्य सम्भावना भएको देश भएका कारण अव पर्यटनको माध्यमवाट आर्थिक विकास गरिनु पर्ने वताए ।
उनले कपिलेश्वर क्षेत्रलाई “गुरु पद्म सम्भवले ध्यान बसेको ऐतिहासिक चाङ्खाला” स्थलको रूपमा चिनाउँदै यसको संरक्षण र सम्वद्र्धमा विशेष जोड दिइएको धारणा राखे । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिबाट विनियोजित २ करोड रुपैयाँको लागतमा भवन निर्माण सुरु भएको हो ।
कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले विकासमा सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड दिए । उनले गाउँको समृद्धिका लागि कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी सहकार्यको बाटो रोज्नुपर्ने वताए ।
शिलान्यास कार्यक्रममा पन्चकन्या गापाकी उपाध्यक्ष विमला केसी, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका सदस्यसचिव होमबहादुर तामाङ, वडाध्यक्षहरू रामशरण श्रेष्ठ, रामबाबु पराजुली, सञ्चबहादुर तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सर्वसाधारण, स्थानीयवासीको सहभागिता रहेको थियो ।
कपिलेश्वर परिसर हिन्दू र बौद्ध धर्मावलमवीहरुको संगमस्थल भएको स्थानीयवासी वताउंछन् । बौद्ध परम्पराअनुसार गुरु पद्म सम्भव (गुरु रिन्पोछे) ले सोही स्थान ध्यान बसेको कारण सो क्षेत्र ‘चाङ्खाला’ नामले पनि परिचित रहेको स्थानीयवासीको छ ।
कपिलेश्वर नजिकै रहेको नाट्यश्वर क्षेत्र कला र पुरातात्विक सम्पदाले भरिएको स्थल हो । यसको संरक्षण र प्रवद्र्धनले धार्मिक पर्यटन विस्तार हुने र भवन निर्माणले चाङ्खालाको ऐतिहासिक धार्मिक पहिचानलाई मद्धत पुग्ने वडाध्यक्ष रामशरण श्रेष्ठको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको