होमस्टे पर्यटन प्रवद्र्धन कार्यक्रम

विदुर–आयआर्जनमा जोड दिदै होमस्टे अभियानलाई प्रभावकारी वनाउनु पर्ने नुवाकोटमा आयोजित कार्यक्रममा जोड दिइएको छ । होम स्टेले पर्यटन प्रवद्र्धनका साथै स्थानीयवासकिो आयआर्जन र स्वरोजगारमा महत्वपुर्ण भुमिका रहने भएका कारण नेपालमा यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्ने निष्कर्श निकालिएको छ ।
नुवाकोटको महत्वपुर्ण पर्यटकिय तथा सांस्कृतिक महत्व वोकेको साततले दरवार परिसरमा आयोजित अन्र्तक्रियामा आर्थिक उन्नती तथा स्थानीय सम्वृद्धिका लागि होमस्टेलाई प्रमुख अभियानका रुपमा अगाडि लैजानु पर्ने ठहर गरिएको हो । बागमती प्रदेश सँस्कृती तथा पर्यटन मन्त्रालय र गाउँ पर्यटन प्रबद्र्धन मन्चको संयुक्त आयोजनामा सम्पन्न अन्र्तक्रियामा सरोकारवाला पर्यटन वयवसायी, जनप्रतिनिधिले सो निष्कर्श निकालेका हुन् ।
नुवाकोट भ्यु सामुदायिक होम स्टेको ब्यवस्थापनमा “गन्तव्य पहिचान प्रबद्र्धन र प्रचार “विषयक अन्र्तक्रियामा बागमति प्रदेशको सस्कृति तथा पर्यटन मन्त्रालयका सचिब दीपेन्द्र सुवेदीले देशको सम्वृद्धिका लागि पर्यटन मुख्य रहेको र यसमा होमस्टेले योगदान पु¥याएको वताए । सोही कार्यक्रममा बिदुर नपाकी उपमेयर प्रभा बोगटीले नगरले होमस्टे अर्थात् घरवास कार्यक्रमवाटै स्थानीयवासीको आयअर्जन तथा स्वरोजगारको अभियान सुरु गरेको वताइन् ।
कार्यक्रममा होम स्टे महासंघका सल्लाहकार तथा पर्यटन बिज्ञ डा. आलोक प्रसाईं, बागमती प्रदेश होमस्टे महासंघका उपाध्यक्ष जीतबहादुर चापागाई, तारागाउँ बिकास समिति का सदस्य तथा पर्यटन व्यवसायी शिव लामिछाने, गाउँ पर्यटन प्रबद्र्धन मन्चका अध्यक्ष सकुन्तला देबकोटा, पर्यटन बिज्ञ तथा टानका पुर्ब अध्यक्षहरु दीपक महत, सुमन पाँडेलगायतले आर्थिक क्षेत्र चलायमान वनाउनका लागि होमस्टेहरुलाई प्राथमिकता दिएर कार्यक्रम सुरुवात गर्नुपर्ने सुझाव दिएका छन् । काठमाडौंसंग जोडिएको नुवाकोट धार्मिक, आर्थिक, सांस्कृतिक रुपमा पर्यटकिय स्थलको रुपमा परिचित रहेको छ ।