किरियापुत्री भवन निर्माण

मेयरले गरे उद्घाटन
लोकखबर
३० चैत्र २०८१, आईतवार २०:०५

विदुर–नुवाकोटको मुलथलामा पक्कि किरियापुत्री भवन निर्माण गरिएको छ । यसवाट किरियाकर्म गर्न गाउंवासीलाई सुविधा भएको छ ।
विदुर नगरपालिका ६ मुल्थलामा निर्माण गरिएको पक्कि किरियापुत्री भवनको उद्घाटन गरिएको छ । विदुर नपाका मेयर राजन श्रेष्ठले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
उनले सामाजिक विकास पनि समाजको प्रगतिको ऐना भएको वताए । यसलाई सदुपयोग गर्न उनले सुझाव दिए ।
कुल ११ लाख रुपैयाको लागतमा निर्मित दुई कोठे पक्कि किरियापुत्री भवन समुदायलाई हस्तान्तरण गरिएको छ । भवन निर्माणका लागि विदुर नपाले वडामार्फत पांच लाख र अन्य जनश्रमदान जुटाएर निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद अर्यालले वताए ।
उनका अनुसार गाउंवासीलाई नवनिर्मिच भवनवाट किरियाकर्म गर्न सुविधा पुगेको छ । भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे, भवन निर्माण गर्ने उपभोक्ता समितिका पदाधिकारी, सर्वसाधारण सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*