पन्चकन्या दोश्रो क्रसकन्टी दौड प्रतियोगिता सम्पन्न

विदुर–खेल पर्यटनको विकास र विस्तारका लागि नुवाकोटको पन्चकन्यामा दोस्रो संस्करणको ‘जिल्लास्तरीय पञ्चकन्या क्रसकन्ट्री दौड प्रतियोगिता समपन्न भएको छ । महिला र पुरुषतर्फ छुट्टाछुट्टै दौड प्रतियोगिता गराइएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ किरण तामाङ र महिलातर्फ रुबिना तामाङले उपाधि चुमेका छन् । विजेताहरुलाई पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रि तथा प्रतिनिधि सभा सदस्य हितवहादुर तामाङले पुरस्कृत गरे ।
प्रतियोगितामा ५ निर्धारित पांच किलोमिटर दौडतर्फ महिला र पुरुष छुट्टाछुट्टै सहभागी भएका थिए । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा नुवाकोटको पञ्चकन्या गाउँपालिकामा दोश्रो पटक भएको प्रतियोगितामा ५ किमि पुरुषतर्फ किरणले निर्धारत दौड २२ मिनेट १८ सेकेन्डमा दौड पूरा गरी उपाधि जिते ।
मनहरि थापाले २२ मिनेट ४९ सेकेन्डमा पुरा गरि दोस्रो र दिपेश तामाङले २२ मिनेट ५१ सेकेन्डमा पुरा गरि तेस्रो भए । सोही दुरीमा महिलातर्फ रुबिना तामाङले २८ मिनेटमा पुरा गरेर उपाधि जितिन् ।
सुप्रिता थापा २९ मिनेट २१ सेकेन्डमा पुरा गरि दोस्रो र विपना तामाङले ३१ मिनेट ४६ सेकेन्डमा पुरा गरि तेस्रो भइन् । दुवैतर्फ ५ किमिमा विजेता भएकाले नगद ११ हजार, दोस्रो भएकाले ७ हजार र तेस्रो भएकाले ४ हजार रुपैयाँ पुरस्कार थापे ।
प्र्रतियोगिताको पुरुष खुल्ला १० किमिमा प्रकाश तामाङ विजेता भए । उनले निर्धारित दौड ४१ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरे ।
जयराम थापाले ४४ मिनेट ४ सेकेन्डमा पुरा गरि दोस्रो र हरिचन्द्र तामाङले ४५ मिनेट १९ सेकेन्डमा पुरा गरि तेस्रो भए ।
विजेता खेलाडीले नगद २२ हजार, दोस्रो भएकाले १६ हजार र तेस्रो भएकाले १० हजार रुपैया नगद पुरस्कार पाए । यस विद्याका विजेता प्रकाश तामाङविरुद्ध उजुरी परेको छ ।
प्रकाशले अर्कै नाममा खेलेको दावी गर्दै अन्य खेलाडीले विरोध जनाएपछि उनी पुरस्कार नलिई हिँडेकाले छानबिन गरिने आयोजक युवा समाजले जनाएको छ । विजेता खेलाडीलाई प्रमुख अतिथि सांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसीपाठक, पञ्चकन्या गाउँपालिका ३ का वडाध्यक्ष रामबाबु पराजुलीलगायतले नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरेका थिए ।
पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभञ्ज्याङबाट सुरु भएको प्रतियोगिताको दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगेर सोही रुट घलेभन्ज्याङ आएर पुरा भएको थियो । दौडमा पाँच दर्जनभन्दा बढी धावक प्रतिगोगिको सहभागिता रहेको थियो ।
पञ्चकन्या–४ मा निर्माण गरिएको घ्याङ्स्वाँरा सहिद स्मारक पार्कको प्रचारप्रसार र खेल पर्यटनका लागि दौड प्रतियोगिता गरिएको समाजका अध्यक्ष टीकाराम तामाङको भनाई छ । प्रतियोगितालाई पञ्चकन्या गाउँपालिकासहित विभिन्न क्षेत्र तथा समुदायका खेलप्रेमी व्यक्तिहरूले सहयोग गरेका थिए ।
कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारले आआफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । गत वर्ष फागुन ५ गते भएको पहिलो संस्करणको पञ्चकन्या क्रसकन्ट्री दौडमा पञ्चकन्या–३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई उपाधि विजेता भएका थिए ।
महिला ११ किमि दुरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्ड र पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका थिए । पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमि दौडमा पञ्चकन्या–१ की सविना राई र किरण तामाङले उपाधि जितेका थिए ।
२०६६ मा स्थापित पञ्चकन्या जनकल्याण युवा समाजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृतिलगायत क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यसअघि, पञ्चकन्या गाउँपालिका लाकुरी भञ्ज्याङमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै पुर्वमन्त्रि हितवहादुर तामाङले नेपालमा अव खेल पर्यटनलाई आधार वनाएर विकास निर्माणका कार्य अगाडि वढाउनु पर्ने वताए ।