११ वुंदे मागसहित सभामुखलाई ज्ञापन

पेशागत संगठनहरुले प्रजिअमार्फत गरे माग
लोकखबर
८ बैशाख २०८२, सोमबार २१:५४

विदुर-विभिन्न ११ वुंदे माग राख्दै नुवाकोटमा संयुक्त ट्रेड युनियन सन्जालले सभामुखलाई ज्ञापन पत्र पेश गरेको छ । नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन नुवाकोटको संयुक्त आह्वानमा सोमवार प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेमार्फत सभामुखसमक्ष ११ वुंदे मागपत्र पेश गरेका हुन् ।
संयुक्त ट्रेड युनियन सन्जाल नुवाकोटले प्रजिअ घिमिरेमार्फत सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो । ११ वुंदे मागहरुमा निजामति सेवा ऐन छिट्टै जारी गरिनुपर्ने, सेवा सुविधा समयसापेक्षित हुनुपर्ने, वढुवाका तहहरु निर्धारित हुनुपर्ने, करारका कर्मचारीलाई लोकसेवाको परामर्शमा आन्तरिक प्रतिपस्र्धामा स्थायी गरिनुपर्ने, स्थायी हुन नसकेकालाई सेवा सुविधा दिएर विदाई गरिनुपर्ने पर्नेलगायत ११ वुंदे मागपत्र पेश गरिएको छ ।
ज्ञापनपत्र वुझ्दै प्रजिअ घिमिरेले आफुले तत्काल मागपत्र प्रक्रिया अनुसार पठाउने वताए । ज्ञापनपत्र संगठनका अध्यक्ष गोपालप्रसाद अधिकारी, युनियनका अध्यक्ष महेन्द्र श्रेष्ठ, राष्ट्रिय संगठनकी अध्यक्ष पार्वती उप्रेतीढकालसहितले पेश गरेका हुन् । कार्यक्रममा नुवाकोटमा रहेका सम्पूर्ण ट्रेड युनियनका अध्यक्ष, केन्द्रीय सदस्य, ट्रेड युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *