ग्रामीण कथामा ‘कार्की साइला’

विदुर-ग्रामीण भेगको कथा समेटेर नयां चलचित्र ‘कार्की साईला’ वन्ने भएको छ । यसको शुभ मुहर्तसंगै छायांकनको तयारी गरिएको छ ।
भरियाको कथामा बन्ने ‘कार्की साइँला’को कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै शुभ मुहुर्त गरिएको छ । यसका मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले मुहर्त सट दिएर सुरु गरिएको होे ।
भारी बोक्ने भरियाको कथामा ग्रामणि परिवेशमा आधारित रहेर बनाउन लागिएको चलचित्र ‘कार्की साइँला’को शुभमुहूर्तसंगै छायांकन तयारी गरिएको हो । यस चलचित्रमा मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले पहिलो पटक स्क्रिन शेयर गर्दै एकसाथ काम गर्न लागेका हुन् ।
राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको ‘कार्की साइँला’मा जितु र वर्षासहित गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङलगायतको अभिनय रहनेछ । कर्णबहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने ‘कार्की साइँला’ का प्रस्तुतकर्ता कृष्णभगत चाम्लिङ र निर्माता बालकुमार राई हुन् ।
यसको कार्यकारी निर्मातामा राजु श्रेष्ठ छन् । अजित लामिछानेको पटकथा तथा संवाद रहेको चलचित्रमा छायांकन डम्बरबहादुर राई, द्वन्द्व राजु किराँती, कमल राईको नृत्य, संगीत बाबुल गिरी, गीत जीवननाथ गौतम र नृत्य निर्देशन कमल राईको रहनेछ ।
यहि बैशाख २० गतेबाट कोशी प्रदेशको धनकुटाका विभिन्न स्थानमा छायांकन हुने ‘कार्की साइँला’ ले ग्रामीण जीवनको कथा पस्कने निर्माण पक्षको भनाई छ । मुहुर्त समारोहमा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले एक्सन कट गरेका थिए ।
शुभमुहुर्तको क्ल्यापमा निर्माता सुशील पोखरेल, क्यामेराको स्वीच अन डम्बरबहादुर राईले गरेका थिए । निर्माता तथा कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोडेर क्यामेरा पूजा गरेका थिए ।
गाउ समाजमा भुइँ मान्छेको रुपमा रहेकाहरुको कथालाई ‘कार्की साइँला’ मा प्रस्तुत गरिने निर्देशक बस्नेतको भनाई छ । चलचित्रको मुख्य पात्र एक भरिया हुन् ।
ग्रामीण जीवनको कथा भन्ने यस चलचित्रका लागि अन्य केहि कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माण पक्षले जनाएको छ । अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा सिवाकोटीलाई शीर्ष भूमिकामा लिएर पहिलो पटक ‘कार्की साइँला’ निर्माण हुने भएको हो ।