प्राविधिक शिक्षालय भवन निर्माण सुरु

विदुर-प्राविधिक शिक्षातर्फ विद्यार्थीहरुको आकर्षण वढेपछि नुवाकोटको एक प्राविधिक शिक्षालयको भवन निर्माण सुरु गरिएको छ । विदुर नगरपालिका १ सिमुटारमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको भवन शिलान्यास गरिएको हो ।
भवन शिलान्याससंगै निर्माण कार्य सुरु गरिएको छ । गत २०७७ सालमा नुवाकोटको बिदुर नगरपालिका –१ ढुंगेमा स्थापना गरिएको नुवाकोट र रसुवा जिल्लाकै एकमात्रै आङ्गिक शिक्षालय पोष्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयको सिमुटारमा एक करोड रुपैयाको् लागतमान पहिलो चरणको भवनको निर्माण कार्य सुरु भएको हो ।
भवनको कार्यक्रमकावीच संसदको कानुन न्याय तथा मानवअधिकार समितिकी सभापति बिमला सुबेदीले शिलान्यास गरिन् । उनले अहिलेको अवस्थामा प्राविधिक शिक्षा महत्वपुर्ण रहेको जनाउंदै यसवाट रोजगार तथा सिप प्रवद्र्धनमा मद्धत पुगेको वताइन् ।
भवनको शिलान्याससंगै निर्माण कार्य सुरु भएको छ । कुल १ सय ४२ रोपनी जग्गामा करोडौंको भौतिक, शैक्षिक तथा खेलकुदका संरचना बन्ने गुरु योजना अनुरुप पहिलो चरणमा कुल एक करोड रुपैयाको लागतमा चार कोठे भवनको निर्माण सुरु भएको शिक्षालयले जनाएको छ ।
भवन सिलान्यास कार्यक्रममा संविधानसभा सदस्य राममाया बोगटी, जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी तथा शिक्षालय संचालक समिति अध्यक्ष शशिधर घिमिरे, बागमति प्रदेश सभाका पुर्व सदस्य हिरानाथ खतिवडा, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रामचन्द्र इटनी, शिक्षालय संचालक समितिका सदस्य पुष्प लामिछानेलगायतले प्राविधिक शिक्षा अवको आवस्यकता रहेको औंल्याए ।
उक्त बजेट प्रतिनिधि सभा सदस्य विमला सुबेदीको पहलमा शिक्षालयलाई प्राप्त भएको र भवनको संरचना यहि असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने शिक्षालयका विभागिय प्रमुख प्रकाश रैलाले जानकारी दिए । अव भवनको निर्माण प्र्रक्रिया सुरु भएको छ, शिक्षालयको संरचना निर्माणमा अव पनिं धेरैइट्टाहरुको आवश्यकता रहने रैलाको भनाई छ ।
शिक्षालयमा पशु विज्ञान, वाली विज्ञान र होटेल व्यवस्थापनमासमेत गरि दुई सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् भने पांचसय जनालाई छोटो अवधिको तालिम प्रदान गरिसकिएको शिक्षालयले जनाएको छ । विषय शिक्षा अन्र्तगत एकसय ५० जना विद्यार्थीहरु उत्तिर्ण भएर गइसकेका छन् ।