मौका परिक्षा सन्चालन गर्न माग

विदुर–आधारभुत तहको मौका परिक्षा कायम गर्न नुवाकोटको बिदुर नगर प्याब्सनले माग गरेको छ । विदुरमा सम्पन्न प्याव्सनको पुर्ण बैठकले विद्यार्थी भर्नामा छुट दिने निर्णयसमेत गरेको छ ।
बिदुर नपाले सन्चालन गरेको आधारभुत तह कक्षा ८र कक्षा ५ को परिक्षामा निजी बिद्यालयमा अध्ययनरत उत्कृष्ट नतिजा प्राप्त गर्न सफल बिद्यार्थी र अभिभावकलाई बिदुर प्याब्सनको आगामी विशेष कार्यक्रममा सम्मान गर्ने निर्णय गरेको छ । यसका साथै आधारभुत तह कक्षा ८ र ५ को मौका परिक्षा रोकिएको कारण उत्पन्न अन्यौल स्थिति अन्त्य गर्न माग गरिएको प्याब्सन बिदुर नगर अध्यक्ष रामराजा कुमालले जानकारी दिए ।
उनका अनुसार मौका परिक्षा सन्चालन हुने सम्बन्धित निकाय बिदुर नगर पालिकालाई अन्यौलताको स्थितिको अन्त्य गर्न अनुरोध गरिएको छ । गुणस्तर शिक्षा, आफ्ना नानीहरूको उज्ज्वल भबिस्यको लागी निजि बिद्यालयमा भर्ना गर्ने सम्पुर्ण अभिभावकलाई स्वागत गर्नुका साथै भर्ना अभियान चलिरहेकोले आफुलाई अनुकुल पर्ने निजि बिद्यालयमा आफ्ना नानीवावुहरूलाई भर्ना गर्न अनुरोध गरिएको छ ।
यहि वैशाख २० गतेभित्र विद्यार्थि भर्ना गर्नेहरुलाई विशेष छुट दिने निर्णय गरिएको अधयक्ष कुमालले वताए । उनले उच्च शिक्षा हासिल गर्न सामुदायिक विद्यालयबाट एसइई गरेकाले मात्र छात्रवृत्ति पाउने भन्ने दुबिधा रहेकोमा दुबिधामा नरहन अनुरोध गरेका छन् ।