प्रसिद्ध दुप्चेश्वर मुख्य तीर्थस्थल वन्दै

विदुर–यातायातको सहजतासंगै नुवाकोटको रामतीस्थित दुप्चेश्वर महादेवको मन्दिर मुख्य तीर्थस्थल वन्दै गइरहेको छ । सो मन्दिरमा दैनिक रुपमा भक्तजनहरु वढ्ने क्रम रहेको छ ।
पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायतको सहजतासंगै भक्तजनहरु जाने क्रम वढिरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा शनिवार मात्र एकैदिन झण्डै डेढ लाख रुपैया भेटि संकलन भएको छ ।
भक्तजनहरुको आगमन वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । दुप्चेश्वरमा शनिबार एकलाख ४३ हजार चारसय ७० रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मन्दिरमा मध्यान्ह आरतीको ७६ हजार ४ सय ५५ रुपैया र क्युआरमार्फत दुई हजार दुई सय ६५ रुपैया संकलन भएको छ । दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे गणना गर्ने कार्य भइरहेको छ ।
श्रेष्ठका अनुसार पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको बताए । यातायात र वाटोको उचित प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो ।
हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थामको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ । सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।