एफिएफसहित चार टिम महिला फुटवलको अन्तिम चारमा

पद्मा स्पोर्टस वाहिरियो, एफिएफको आक्रामक प्रदर्शन
लोकखबर
१६ बैशाख २०८२, मंगलवार २०:३६

विदुर– वट्टारमा सन्चालित मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको मंगलवार पहिलो अर्थात् नकआउट चरणका सवै खेल सम्पन्न भएका छन् । नकआउटको चौथो खेलमा सशस्त्र प्रहरी फुटवल क्लव विजयी भएको छ ।
प्रतियोगितामा सशस्त्रसंगै संकटा, नेपाल प्रहरी र रौतहट फुटवल क्लव अन्तिम चारमा पुगेको छ । वुधवार पहिलो सेमिफाइनल खेल संकटा विरुद्ध नेपाल प्रहरीले खेल्नेछ ।
मंगलवारको खेलमा पराजित पद्मा स्पोर्टस क्लव ओखलढुंगा घर फर्किएको छ । नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेल मैदानमा जारी प्रतियोगिताको आकर्षक खेलमा सशस्त्रले उत्कृष्ट प्रदर्शन गर्दै गोलको वर्षा नै गरेको छ ।
सशस्त्र प्रहरी क्लवले पद्मा स्पोर्टसलाई शुन्यका विरुद्ध चार गोलले पराजित गरेर विहीवार रौतहटसंग दोश्रो सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । खेलमा सशस्त्र प्रहरीकी अनीता केसीले दुई, रश्मिकुमारी घिसिङ र गीता रानाले एक÷एक गोल गरिन् ।
अनीताले खेलको १५ र ४२ तथा घिसिङ र रानाले ६२ र ७४ मिनेटमा गोल गरेर आफ्नो टिमलाई विजय वनाउन वलियो वनाएका थिए । सशस्त्र प्रहरीले आकर्षक, दावावपुर्ण र आक्रामक प्रदर्शन गर्दैै आफ्नो सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो ।
खेलमा विजयी सशस्त्र प्रहरीकी उत्कृष्ट खेल प्दर्शन गरेकी रेनुका नगरकोटी ‘प्लेयर अफ दि म्याच’ भईन् । उनलाई नगद पाँच हजार रुपैँया र अन्य सामग्रीहरु पुरस्कार प्रदान गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको आयोजनामा भएको प्रतियोगिताको वागमति प्रदेश खेलकुद परिषद र विदुर नपा संरक्षक रहेको छ । प्रतियोगितामा विजेताले नगद पांचलाख ट्रफि, मेडल र प्रमाणपत्र, उपविजेताले नगद दुई लाख ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका व्यवस्थापक तथा विदुर नपा खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्तगिरीले जानकारी दिए ।
विभिन्न आठ वटा राष्ट्रिय फुटवल टिमको सहभागिता रहेको प्रतियोगितामा नकआउट चरणवाट चार टिम वाहिरिएका छन् । प्रतियोगिता यहि वैशाख २० गतेसम्म सन्चालन हुने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *