राष्ट्रिय व्याडमिन्टनको क्वार्टरफाइनल खेलहरु सम्पन्न

मंगलवार फाइनल स्पर्धा
लोकखबर
२०८२ बैशाख २२, सोमबार २१:३१

विदुर–खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा जारी प्रथम मुख्यमन्त्रि कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता अन्र्तगत सोमवारसम्म क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएको छ । सो प्रतियोगिताको फाइनल स्पर्धा मंगलवार हुनेछ ।
प्रतियोगिताको दोश्रोे दिन विभिन्न विद्यामा क्वार्टरफाइनल चरणका खेलहरु सम्पन्न भएका छन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नुवाकोटमै पहिलो पटक जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ सन्चालन भएको हो ।
खेल विदुर नपा २ नागटरीस्थित नवनिर्मित राष्ट्रिय व्याडमिन्टन कभर्ड हलमा सन्चालन भइरहेको छ । सो प्रतियोगितामा पांचसय जना खेलाडिहरुको सहभागिता रहेको नुवाकोट व्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङले वताए ।
उनका अनुसार विभिन्न सात इभेण्टमा खेल प्रतियोगिता गराइएको छ । प्रतियोगितामा पुरुष जोडी, भेट्रान्स पुरुष, जिल्लाभित्रका खुल्ला पुरुष जोडी, जिल्लाभित्रका वि लेभलका खुल्ला पुरुष जोडी, छात्रछात्रातर्फको अण्डर १५, पुरुषहरुतर्फको मिक्स डवल इभेण्टमा खेल खेलाइएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
प्रतियोगिता अन्र्तगत सेमिफाइनल र फाइनल चरणका स्पर्धा मंगलवार तय भएको छ । उक्त प्रतियोगिताको वागमति प्रदेश खेलकुद परिषद र विदुर नगरपालिका संरक्षक र नुवाकोट जिल्ला व्याडमिन्टन संघ सहआयोजक रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको