लेखापढिको वागमति अधिवेसन
विदुर–नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बागमती प्रदेशको अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले संयोजकमा नुवाकोटको विदुरका दीपकप्रसाद अधिकारीलाई चयन गरेको छ ।
एसोसिएसनको नवौं अधिवेशनमा भएको निर्वाचनमा अधिकारी विजयी भएका हुन् । उनले कुल एकसय २४ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्दी हरिप्रसाद आचार्यले ६३ मत प्राप्त गरेका थिए । अधिवेसनमा एसोसिएसनका अध्यक्ष सीताराम दाहालले व्यवसायी संघको प्रमुख कार्य नै पेसागत सुरक्षा र व्यवसायीको हकहितको संरक्षण रहेको जनाउँदै एसोसिएसनले स्थापनाकालदेखि जग्गा प्रशासन र सेवाको क्षेत्रमा सुशासन कायम गर्न आवाज बुलन्द गर्दै आएको बताए ।
यसअघि अधिवेशनको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए । उनले एसोसिएसनले सेवा प्रवाहलाई सहज र सेवाग्राहीलाई दुःख र झझन्ट नदिने हिसाबले काम गर्नुपर्नेमा जोड दिए ।
लेखापढी व्यवसायीहरूले सरकारी सेवालाई मालपोत, नापी, यातायातसहित न्यायिक, अर्धन्यायिक तथा सरकारी कार्यालयहरूमा सरल र सहज बनाउन सहयोग एसोसिएसनले सहयोग पु¥याएको उनको भनाई थियो ।











































