प्रधानाध्यापकको निधनमा शिवपुरीमा शोक विदा

विदुर–नुवाकोटको तलाखुका एक विद्यालयका प्रधानाध्यापकको निधन भएपछि शिवपुरी गाउँपालिकाले वुधवार शोक बिदा दिएको छ । गापाको कपितय विद्यालयले श्रद्धान्जली सभासमेत गरेका छन् ।
शिवपुरी गापा १ तलाखुस्थित बच्छ्ला आधारभूत विद्यालयका प्रधानाध्यापक विवेकराज ढुंगानाको असामयिक निधनप्रति शोक प्रकट गर्दै गापा कार्यालयले बैशाख ३१ गते वुधवार शोक बिदा दिएको हो । गत २०८१ सालदेखि प्रअको रूपमा कार्यरत ढुंगानाको २०८२ साल बैशाख २६ गते असामयिक निधन भएको थियो ।
शिक्षाक्षेत्रमा सक्रिय योगदान पु¥याउदै आएका ढुंगानाको निधनले सम्पूर्ण शिक्षामैत्री समाजलाई स्तब्ध तुल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालद्वारा हस्ताक्षरित सूचनामा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै बुधबार सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द रहने जनाइएको छ ।
स्व. शिक्षक ढुंगानाको सम्झनामा विभिन्न विद्यालयहरुले श्रद्धाञ्जली सभा गर्ने जनाएको छ । गापा कार्यालयको निर्णय अनुसार वुधवार शोक विदा भएको हो ।