विरामीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

अक्सिजन लिन सुविधा
लोकखबर
२ जेष्ठ २०८२, बिहीबार १५:२५

विदुर–विरामीको सुविधाका लागि नुवाकोटका विरामीलाई अक्सिजन कन्सन्टे«टर प्रदान गरिएको छ । यसवाट अक्सिजन लिन विरामीलाई सुविधा पुगेको छ ।
सामाजिक सेवामा रहेको यशोदादेबी/भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटको बिदुर नगरपालिका १२ चारघरे बाझोवारीका अशक्त बिरामी ६८ वर्षिय जीतबहादुर बिस्वकर्माको लागि एक थान अक्सिजन कन्सन्टे«टर प्रदान गरेको हो । ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले सो उपकरण हस्तान्तरण गरे ।
यसवाट विरामीलाई अक्सिजन लिन सुविधा भएको छ । एक दशक भन्दा लामो समयदेखि ट्रष्टले शिक्षा, स्वास्थ्य तथा विभिन्न सामाजिक कार्य गर्दै आएको र यस प्रकारका गतिविधिलाई तिव्रता दिइने केसीले वताए ।