खड्काले गरे दोश्रोपटक सगरमाथाको आरोहण

वधाई र सम्मानको ओइरो
लोकखबर
२०८२ जेष्ठ ७, बुधबार २१:११

विदुर–नुवाकोटको वोहरापानीका युवा अरविन्द्र खड्काले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोश्रो पटक आरोहण गरेका छन् । बिदुर नगरपालिका २ बोहरापानीका खड्काले यस सिजनमा दोश्रो पटक सगरमाथाको चुचुरोमा पाइला राखेका हुन् ।
भैरवी माविका पूर्व बिद्यार्थी अरविन्द (अरि) खड्काले सर्वोच्च शिखर सगरमाथाकोे दोश्रो पटक सफतापूर्वक आरोहण गरेको विद्यालयले जनाएको छ । सो विद्यालयवाट २०६३ सालमा एसएलसी उत्तिर्ण खड्काले दोस्रो पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।
१७ जना आरोही सम्मिलित सेभेन समिट ट्रेक्सको टोलीमा रहेका खड्काले यसअघि २०७९ साल (सन् २०२२) मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । उनी नुवाकोट जिल्लाबाट दुईपटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति भएका छन् ।
खड्का हिमनदी तथा जलवायु परिवर्तनको अनुसन्धानमा सक्रिय रहेका छन् । उनले यही विषयमा फ्रान्सको फेन्च नेशनल इन्स्टिच्युटबाट विद्यावारिधिसमेत गरेका छन् ।
खड्काले त्रिभुवन विश्वविद्यालय, किर्तिपुरबाट जलवायु विज्ञानमा स्नातकोत्तर र त्रिचन्द्र कलेज काठमाडौंबाट स्नातक पूरा गरेका थिए । उनी एसएलसी परीक्षामा पहिलो श्रेणीमा उत्तीर्ण गर्दै विज्ञान संकायमा कक्षा १२ को अध्ययन पुरा गरेका थिए ।

 


सर्वाधिक रुचाइएको