अपराधमुक्त समाज निर्माण गर्ने प्रतिवद्धता
सामूहिक सहयोगको जरुरी

विदुर–अपराधमुक्त समाज निर्माण गरि देशलाई सुन्दर वनाउने आफ्नो योजना रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुण पौडेलले वताएका छन् । यसका लागि सवैको सामूहिक सहयोग जरुरी रहेकोसमेत पौडेलले वताए ।
नुवाकोटको विदुरमा पत्रकारहरुसंग अन्र्तक्रिया गर्दै डीआईजी पौडेलले अपराधमुक्त समाजको परिकल्पना अनुसार आफुले कार्य सुरु गरेको स्पष्ट पार्दै यसका लागि समाजमा रहेको सामाजिक शक्तिहरुको वलियो साथ आवस्यक रहेको वताए । अपराध, लागू औषध, हिंशाले समाजलाई विकसित हुन नदिएको डिआइजी पौडेलले वताए ।
शान्तिपुर्ण सामाजिक समाजका लागि पत्रकारिता क्षेत्रलेसमेत सहयोग गरिरहेको उनले वताए । कानुनको पालना गराई समाजलाई अपराध, हिशा तथा दुव्र्यसनमुक्त गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको पौडेलले वताए । 

पौडेलले जिल्ला प्रहरी कार्यालय नुवाकोट र रसुवाको स्थलगत निरीक्षण, अवलोकन तथा निर्देशनसमेत दिएका छन् । डीआईजी अरुण पौडेलको नेतृत्वमा आएको निरीक्षण टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र रसुवामा पुगेर स्थलगत निरीक्षण भ्रमण तथा निर्देशन दिएका हुन् ।

डीआईजी पौडेलको टोलीले जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई परिसरभित्र रहेका पेरिमिटर, मेश, ब्यारेक, हिरासत कक्ष, सम्पूर्ण शाखाहरू, शौचालय, चमेना गृह, होजियारीजस्ता भौतिक संरचनाहरूको अवलोकन गरेको थियो । निरीक्षणको क्रममा डीआईजी पौडेलले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ पारदर्शिता कायम गर्दै जनमैत्री व्यवहार प्रदर्शन गर्न निर्देशन दिएका थिए । 

उनले प्रहरी सेवाको गुणस्तर अभिवृद्धिमा सबैको सक्रियता आवश्यक भएकोमा जोड दिँदै कार्यक्षेत्रमा इमानदारिता र उत्तरदायित्वबोधका साथ काम गर्न आग्रह गरे । प्रहरी नायव महानिरीक्षक अरूण पौडेलले जिल्ला प्रहरी कार्यालय रसुवाकोसमेत स्थलगत निरीक्षण गरेका छन् ।
पौडेलले कार्यालयको भवन, ब्यारेक, मेश, पेरिमिटर, लगायत शाखाहरूबाट भए÷ गरेका काम कारवाहीको अभिलेखिकरणको निरीक्षण गर्नुका साथै उत्कृष्ट कार्यसम्पादनको कदर स्वरुप रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीलाई पुरस्कार समेत प्रदान गरे । 
