लाङटाङ ट्रेल रन प्रतियोगिता आयोजना
त्रिशूली– पर्यटन प्रर्बद्वनमा जोड दिदै लाङटाङ ट्रेल रन प्रतियोगिता आयोजना गरिएको छ । रसुवाको गोसाँईकुण्ड गाँउपालिका चार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्म ३२ किलोमिटर दुरीमा सो प्रतियोगिता सन्चालन हुन्छ ।
बागमति प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा यहि जेठ २४ गते प्रतियोगिता आयोजना गरिएको हो । क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्म ३२ किलोमिटर दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता सहभागी महिला तथा पुरुष दुवैलाई समान पुरस्कारको ब्यवस्था गरिएको छ ।
पर्यटकीय पदमार्ग अन्तर्गत तेस्रो गन्तब्य रहेको लाङ्टाङ क्षेत्रको साहसिक पर्यटकीय गन्तब्यका रुपमा यसको अन्तराष्ट्रिय बजारमा प्रचुर सम्भावनाको बारेमा प्रचारप्रसार एवं बजारीकरण गर्दै पर्यटन प्रर्बद्वनमा टेवा पु–याउने उद्येश्यका साथ आयोजना गर्न लागिएको छ ।
दौड प्रतियोगिताको आवश्यक तयारी पूरा गरिएको पर्यटन ब्यबसायीहरुको साझा संस्था रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेको भनाई छ । दौड प्रतियोगितामा स्वदेशी तथा बिदेशी नागरिकहरुलेसमेत सहभागिता जनाउने आयोजकले जनाएको छ ।
दौड प्रतियातामा प्रथम, द्वित्तिय र तृतिय हुने प्रतियोगिलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ रहेको छ । त्यसैगरी चौथो र पाँचौ हुने प्रतियोगीले क्रमशः २५ हजार तथा १५ हजार रुपैयाँ पाउने छन् ।












































