वुद्धिचाल संघको अधिवेसन
विदुर–नुवाकोट बुद्धिचाल संघको अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले नयां कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
संघको छैटौं अधिवेसनले अध्यक्षमा सुरज लामालाई चयन गरेको छ । विदुर नपा १ त्रिशूलीवजारमा सम्पन्न अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि लामाको नेतृत्वमा नयां कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा नवीन श्रेष्ठ सचिवमा हरिचन्द्र अमात्य र कोषाध्यक्षमा वसन्त श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा सन्जिता श्रेष्ठ, शिव श्रेष्ठ र सुमित श्रेष्ठ चयन भएका छन् ।
संघको केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष ओमप्रकाश जोशी चयन भएका छन् । प्रदेश प्रतिनिधिमा प्रकाश जोशी, अमजद आलम, सुरज लामा, राजन श्रेष्ठ र सन्जिता श्रेष्ठ चयन भएका छन् ।
अध्यक्षमा चुनिएसँगै लामाले वुद्धिचाल खेललाई व्यापकता दिइने वताए । उनले आफ्नो कार्यकालमा आफ्ना दिवंगत पिता मंगल लामाको स्मृतिमा वुद्धिचाल प्रतियोगिता आयोजना गर्ने घोषणा गरे ।

यसका साथै नुवाकोट बुद्धिचाल संघलाई चलायमान बनाउन आफ्नो व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्नै बताए । संघलाई उपाध्यक्ष नविन श्रेष्ठले पनि ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।












































