स्कुले दिदीवहिनीको रहस्यमय मृत्यु

त्रिशूली–दुई स्कुले दिदीवहिनीको रहस्यमय मृत्यु भएको छ । प्रहरीले गहन रुपमा अनुसन्धान कार्य सुरु गरेको छ । ।
नुवाकोटसंगै जोडिएको रसुवाको नौकुण्ड गाउंपालिका ५ र कालिका गापा ५ को सिमाना घट्टेखोलामा मंगलवार दुई जना स्थानीय वालिकाको शव रहस्यमय रुपमा फेला परेको छ । नौकुण्ड गापा ५ सिस्नेरीका ११ वर्षिया सविना मोक्तान र १३ वर्षिया सरगम मोक्तानको शव रहस्यमय अवस्थामा फेला परेको प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए ।
उनका अनुसार मृतकहरु सहोदर दिदीवहिनी हुन् । सविना र सरगम दुवै विद्यालय अध्ययनरत थिए ।
सविना गाउंकै सिस्नेरी देउराली आधारभुत विद्यालयको कक्षा ५ र सरगम खाल्चेत दुप्चेश्वरी आवासिय विद्यालयको कक्षा ८ मा अध्ययनरत थिइन् । दुवै दिदीवहिनी सोमवार वेलुकी खाना खाएर घरवाट निस्केकोमा मंगलवार उनीहरुको खोजी गर्दै जांदा सडकवाट एकसय १५ मिटर तल शव घाउचोट लागेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले स्कुले वालिकाहरुको शव रहस्यमय र शंकास्पद रुपमा फेला परेपछि विशेष रुपमा अनुसन्धान गरिरहेको छ । एकै स्थानमा दिदीवहिनीको शव रहस्यमय रुपमा फेला परेपछि प्रहरी अधिकृतहरु घटनास्थल पुगेका छन् ।