दुुर्घटनामा युवकको ज्यान गयो
विदुर–त्रिदेशिय मार्गअन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी सडकखण्डमा विहीवार भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सदरमुकाम विदुरदेखि २४ मिलोमिटर दुरीमा रहेको सो सडकमार्ग अन्र्तगतको बेलकोटगढी नगरपालिका ७ कल्चेडीभीरमा विहीवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदा स्थानीय एक युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उक्त सडकमार्गमा महादेवफांटवाट गल्छीतर्फ जादै गरेको ना६ख १०६० नम्बरको ट्रक र सोही दिशातर्फ गइरहेको नुवाकोटको तारकेश्वर गाउँपालिका ३ हटिया, तारुकाका ४३ वर्षिय शंकरमान श्रेष्ठले चलाई गएको बा.प्र.०२–०२९प१६४२ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा मोटरसाईकल चालक श्रेष्ठको उपचारको क्रममा ज्यान गएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

मृतक श्रेष्ठका आमा, श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । डिएसपि लामाका अनुसार दुर्घटनामा गम्भिर घाईते भएका श्रेष्ठलाई तत्काल उद्दार गरी उपचारको लागि अम्बे भरोसा अस्पताल गल्छी धादिङमा पठाइएकोमा त्यहावाट थप उपचारको लागि बिएण्डबी अस्पताल ललीतपुरमा लगिएकोमा उपचारको क्रममा श्रेष्ठको निधन भएको हो ।

प्रहरीले ट्रक र चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ८ का ४० वर्षिय दीपक मगरलाई नियन्त्रणमा लिइएको डिएसपि लामाको भनाई छ । घटनाको बिषयमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

मृतक युवक राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउंपालिका समितिका सचिव हुन् । गाउंमै खाद्यान्न र लत्ताकपडाको पसल व्यवसाय गरि वसेका श्रेष्ठ काम विशेषले गल्छी जान लागेको जनाइएको छ ।











































